“भाईटिका” नाम गलत त छैन? – सुमन राई
भाईटिका, यमपञ्चक, देउसीका आफ्ना, आफ्नै कथाहरु, कथनहरु ईतिहाँसमा पाईन्छन्, त्यहि कथनहरू अनुसार नै भाईटिका पनि मनाऊने गरिन्छ। विशेष गरेर नेपालमा आफ्ना भाई/दाईलाई फूलमाला, फलफूल, सगुन, उपहार दिईएर आफ्नै दिदीबहिनीहरूले पुज्ने गर्दछन् र भाई, दाईले पनि ढोगेर दक्षिणा दिने गर्छन् ।
हुन त भाईटिका बारे सबैलाई यी कुराहरू थाहा भएकै हो। तर मलाई एउटा कुरा मनमा यस्तो खेल्दैछ की भाई टिका कुनै कुसंस्कार भने होईन र एउटा दाई या भाईको पूजा गरिने कथन अनुसार भाईटिका मनाईदै आईएको पनि हो। तर यसको नामाकरण या चलन वा यस चाडको परिवर्तित चलन या त पुरानै कथन अलि अष्टपष्ट छन की जस्तो। एऊटा साथीले फेसबूकमा दाईटिकामा मेरो बहिनीबाट टिका थाप्दै भनेर स्ट्याटस् लेखेको देख्दा मलाई कस्तो कस्तो त लागेकै हो कतै नाम नमिलेको होकी जस्तो तर जे भनेपनि दाई/भाईलाई प्रतिनिधित्व गरे भयो र मेरो यो संस्कारबारे कुनै आपत्ति या खिल्ली पनि हैन। यसको छुट्टै रमाईलाहरू र विश्वासहरू छन् की म पनि हरेक साल भाईटिका मनाऊछु ।
मैले पनि यो २०७३ सालको भाईटिका मेरो आँफ्नै दिदी र बहिनीबाट लगाऊन पाईन, किनकी म मेरो दिदी बहिनीहरू भन्दा टाढा बस्छु, कामको शिलशीलामा र म जस्तै धेरै टाढा बसेर रोजगारमा धेरै दाजूभाई, दिदीबहिनी हरू भेट हुन सक्दैनन्, विशेष गरि त रोजगारका लागि खाँढी तथा अन्य मुलूक जानेहरू। उनिहरूको दँशै, तिहार विदेश, प्रदेशमै बित्छ । यस्तो बेला कोहि अरू आफन्त भाई र बहिनीहरू संग भाईटिका लाऊने र मनाउने गर्दछन् त कोहि कसैलाई भाई/दाई तथा दिदी/बहिनी बनाई भाईटिका मनाऊने गर्दछन्।
हो पिडा यँहा छ जस्को भाई/दाई हुँदैन उस्को भाईटिका कस्तो होला? जस्को आँफ्नो दिदी/बहिनी हुँदैन उस्को भाईटिका कस्तो होला?
अरूलाई दाई/भाई, दिदी/बहिनी बनाएर टिका लागाउने चलन पनि छ तर कतिलाई यो धेरै राम्रो पनि देखिन्छ त कतिलाई नराम्रो पनि, अरु कोहि सँग भाईटिका लगाएर पछि त्यहि सँग विबाह गरेको नकारात्मक पक्ष पनि भएका छन् ।
यी सबै कुराहरू हेर्दा आज मलाई लागिरहेको छ कि! आखिर टिका लगाऊन आँफ्नै भाई, बहिनी छन् भने एउटा बहिनीले आँफ्नो दिदीसँग किन टिका लगाईदैन? आफ्नै दाई र भाई बिच टिका किन लगाईदैन ? सुन्दा, भन्दा त अनौठो लाग्छ तर यदि भाईटिका नै नाम दिएर मनाऊनदा बहिनीले दिदीसँग र भाईले दाईसँग किन टिका लगाईदैन? कुरा यसमै अचम्म लाग्ने गर्दछ। कतै यसो गर्दा प्रायको घरमा भाईटिकाको रमझम अझै बड्थ्यो की?
कुरा यति मात्र होकी राम्रो हुन्छ भने भाईटिकाको ईतिहाँसलाई नबिगारी भाईटिकालाई भाईबहिनीटिका भन्दा कस्तो होला? मान्ने शैलिमा हल्का परिवर्तन गरे कस्तोहोला? हुन त मैले यसो, त्यसो गर्नै पर्छ भन्ने कुरा त छैन, यो एउटा भाईटिका पछिको मनमा लागेको भाईटिकाको समिक्षा मात्र हो ।
अर्को साल सबैको भाईबहिनीटिका राम्रो होस सबैलाई अर्को शूभकामना ।
– सुमन राई
फोटो सौजन्य गरिएको: (आँफ्नै दिदीबहिनी बिच भाईबहिनीटिका मनाऊदै )