Mt. Makalu & Khandbari.
This is very nice view of Mt. Makalu & Khandbari.
Photo taken by Sujan Bajracharya.
This is very nice view of Mt. Makalu & Khandbari.
Photo taken by Sujan Bajracharya.
भूकम्प र नाकाबन्दीले विशेष गरी काठमाडौं निवासीलाई सिकाएका राम्रा पाठहरू यी हुन् : ( एकचोटी पढौं )
१. जो घर बाहेक गोठ, छाप्रो, भुँईमा सुत्न मान्दैनन् थे उनिहरू सबैलाई बैशाख १२ गतेबाट बाहिर पठाए र अनुभव गराए ।
२. जो खोले, जाऊलो, गुन्द्रुक नछुने पिज्जा, बर्गर मात्र खान्छु भन्थे उनिहरुलाई खोेले, भुटिभात समेत खुवाए ।
३. जो ५ तला भन्दा धेरै तलाका घर बनाएर ठुला कुरा गर्थे, ठुला घर काम छैन भन्ने जानकारी गराए ।
४. जो सब्जी किन्न जाँदा समेत बाईक र कार चडेर जान्थे, उनिहरुलाई लामो दुरी समेत हिड्न सिकाए ।
५. जो आगोमा भात त के आगो समेत बाल्न नजान्ने उनिहरुलाई आगो बालेर भात पकाएर खानाको स्वाद चखाए ।
त्यसैले यो नाका र कम्पलाई राम्रो ठानेर हेरौं। आफ्नो गुरुलाई नाकाकम्प सम्मान गरौं ।
नोट: यो भनाईबारे कसैको जीवनमा मेल खान गए, सम्योग मात्र हुनेछ ॥
– सी यू म्यान #suman
नेपाल यस्तो देश हो जँहा कोही पेट्रोल, डिजेल नपाउदा पैदल र हुटमा हिडी रहेका छन् भने कोही पेट्रोल, डिजेल पाउदा लाखौं पैसा कमाई रहेका छन् ।
काठमाडौं शहर, हेर्दा लाग्छ रहर, सपना होकी बिपना ?
– सी यू म्यान
हामीले गाँऊको स्कुलमा पढ्दै मकै खाँदा चै पाखे रे ।
उनिहरूले शहरमा फिल्म हेर्दै मकै खाँदा चै पपकर्न रे ॥
– सी यू म्यान
जिवन लुईटेल दाई अब मिस्टर नेपाल र नेपालको हिरो मात्र रहेन अब उनलाई कवि भन्दा भयो। यो उनको नँया कविता संग्रह “नायक” को सानो विमोचनमा भेटघाट कार्यक्रम र चीयापान। तपाईहरुलाई कविता चाहिएमा मलाई भन्नुहोला ।
Meetup with Jiwan Luitel & His Poetry ”Nayak”
#Nayak #JibanLuitel #SumanRai #Nepal
जो बाँच्नको लागी भनेर नाकाबन्दिको बिरोध गर्दैन त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन, त्यो त मर्नुबाट डराउने एउटा लाचार र कमजोर नेपाली सावित हुन्छ, जो खानु र बाँच्नका लागी शिर निहुराउछ र जे गर्न पनि तयार रहन्छ, उसलाई त्यहि व्यवहार गरिरहन्छ। नाकाबन्दि त एउटा नाम हो, यसको पछि हस्तक्षेप शब्द छ भन्ने कुरा पनि नबिर्सौं र यो नँया होईन ।
देशको स्वाधिनता, स्वातन्त्रता जोगाउना यति बेला बिरोध नगरे कहिले गर्ने ? परलम्वि हैन, स्वबलम्वि हुने कोशिस गरौं, बेला यहि हो ।
बाँच्नको लागी के गर्ने ? एकचोटी नेपालकै गाँऊघरबाट पाठ सीकौं, जँहा नुन बिनाको खोले पाक्छ र बाँचेका छन् ।
– सी यु म्यान
#suman #nepal #nepali
गाडीको सुविधा त के गाडीको आवज बिना पनि लगभग १५ वर्ष जिन्दगी गुजारेको मान्छे म, मलाई तेरो नाकाबन्दि त के बुद्ध जन्मेको देश अरू १५ वर्ष सम्म जंगलमा गएर खाली पेट तपस्य गर्ने स्वाभिमान छ, जुन सगरमाथा भन्दा उच्च छ ।
गफ देको जस्तो लाग्यो? खुकुरी छ हो साथमा, तँलाई काट्न, हैन के जंगल छिर्न । डराईहाल्छ के फेरी डरपोकहरू…
– सी यु म्यान
नेपालीको भाग्यमा प्लेनबाट आयत गरेको नुन खाने योग छ की क्या हो ? केही छैन, उताबाट तेल आउने गेट बन्द गरे हामी यताबाट पानी जाने कोशीको गेट खोल्दिउला, हिसाब बराबर ।╰_╯
– सी यु म्यान
#BackOffIndia #Nepal #Nepali #NepalConstitution
हामी नेपाली, सबै राष्ट्रका मित्र हुन चाहन्छौँ, तर हामी कसैको पनि एस–म्यान होईनौं र जे भन्यो त्यो मान्ने नेपाली कहिल्यै भएनौँ, कहिल्यै हुने छैनौँ ।
– क. प्रचण्ड
मेरो देश मलाई लाग्छ प्यारो ।
Before Earthquake, Bhaktapur Durbar Square.
सी यु म्यान #Photography
sumanrai.com.np
अरू त ठिकै छन तर एउटा धारा चाही अनौठो पारीत भएछ। त्यो हो राष्ट्रिय जनावार गाई। जुन नेपाल भित्र, कसैले त्यही गाईको पूजा गर्ने र कसैले भने त्यहि गाई काटेर खाने। सम्भव होला ? अरू कुनै राख्दा ठीक हुन्थ्यो की? जस्तै एक सिंगे गैंडा, न कसैले काटेर खाने, न कसैले भगवान मान्ने ! बरु जगेर्ना हुने
– #Suman
धर्म निरपेक्ष भनेको के हो?
राज्य कुनै पनि धर्मसंग सम्बन्धित रहदैन तर राज्यले सबै धर्मका संरक्षण भने गर्नेछ, यसलाई भनिन्छ धर्म निरपेक्ष ।
धार्मिक स्वतन्त्रता:
आफ्नो मौलिक धर्म मान्न पाउने अधिकार, धर्म परिवर्तन गर्न पाउने तर जबरजस्ति गर्न नपाउने अधिकार । यसलाई भनिन्छ धार्मिक स्वतन्त्रता ।
– #Suman
