Hoki Bhanera (Sundariko Fatyo Choli) New Nepali Lok Salaijo Song | Suman Rai | Melina Rai | Umesh Rai | Bina Raut | Deepana Rai | Nakkaleko Dhalkyo Topi |
होकी भनेर (सुन्दरीको फाट्यो चोली)
आधी रोटी मैले खाएँ आधी रोटी झुठो
आधी रोटी मैले खाएँ आधी रोटी झुठो
पाप लाग्छ ढाँट्न हुन्न बोल्या छैन झुटो
कान्छी भन्दै छोपी गए चिलाउनेको ठुटो
सुन्दरीको फाट्यो चोली पाखुरीमा हो ठ्याम्मै होकी भनेर
पाखुरीमा हो ठ्याम्मै होकी भनेर

होकी भनेर हो आफ्नै कान्छी दियो नी धोका त्यो पापी आँखैले

धुन …
अरुनै को कत्तले माछा सभाखोला धाउँछ
अरुनै को कत्तले माछा सभाखोला धाउँछ
बल्छि खेल्ने निहुँले सबै मेरै गाउँ आउँछ
माछा मार्न आउन कान्छा बस्ने खेल्ने ठाउँ छ
नक्कलेको ढल्क्यो टोपी निधारैमा हो ठ्याक्कै होकी भनेर
निधारैमा हो ठ्याक्कै होकी भनेर
नक्कलेको ढल्क्यो टोपी निधारै मा हो ठ्याक्कै होकी भनेर
होकी भनेर हो आफ्नै कान्छा दियो नी धोका यो पापी आँखैले
धुन….
धानको बाला लरबर जौंको बाला छोटो
धानको बाला लरबर जौंको बाला छोटो
दाउरी दाउरी ज्यान तिम्रो म चाहिँ परे मोटो
घुमाई घुमाई कान्छी लेउने यो मनको धोको
सुन्दरीको फाट्यो चोली पाखुरीमा हो ठ्याम्मै होकी भनेर
पाखुरीमा हो ठ्याम्मै होकी भनेर
सुन्दरीको फाट्यो चोली पाखुरीमा हो ठ्याम्मै होकी भनेर
होकी भनेर हो आफ्नै कान्छी दियो नी धोका त्यो पापी आँखैले
होकी भनेर हो आफ्नै कान्छी दियो नी धोका त्यो पापी आँखैले
धुन….
संखुवा को माछा मिठो मर्स्याङ्दीको पानी
संखुवा को माछा मिठो मर्स्याङ्दीको पानी
हेर्दा तिमी बुढो देख्ने म चाहिँ परे सानी
वर वर नआउ कान्छा बदमास तिम्रो बानी
नक्कलेको ढल्क्यो टोपी निधारैमा हो ठ्याक्कै होकी भनेर
निधारैमा हो ठ्याक्कै होकी भनेर
नक्कलेको ढल्क्यो टोपी निधारै मा हो ठ्याक्कै होकी भनेर
होकी भनेर हो आफ्नै कान्छा दियो नी धोका यो पापी आँखैले
धुन….
पूर्वेली को गफै मिठो तिम्रो मिठो हँसाई
पूर्वेली को गफै मिठो तिम्रो मिठो हँसाई
पोखरेली को सभौ शिलक त्यतै मेरो बसाई
सासु ज्युलाई मक्ख पारी लान्छु तिमीलाई फसाई
सुन्दरीको फाट्यो चोली पाखुरीमा हो ठ्याम्मै होकी भनेर
पाखुरीमा हो ठ्याम्मै होकी भनेर
सुन्दरीको फाट्यो चोली पाखुरीमा हो ठ्याम्मै होकी भनेर
होकी भनेर हो आफ्नै कान्छी दियो नी धोका त्यो पापी आँखैले
होकी भनेर हो आफ्नै कान्छी दियो नी धोका त्यो पापी आँखैले
धुन….
इलामेको हलो जुवा सिमालीको सोइला
इलामेको हलो जुवा सिमालीको सोइला
आगो बाल्नु खोया हजुर मासु पोल्नु कोइला
सक्छौ भने भगाई लैजाऊ सधैं साथ दिउँला
नक्कलेको ढल्क्यो टोपी निधारैमा हो ठ्याक्कै होकी भनेर
निधारैमा हो ठ्याक्कै होकी भनेर
नक्कलेको ढल्क्यो टोपी निधारै मा हो ठ्याक्कै होकी भनेर
होकी भनेर हो आफ्नै कान्छा दियो नी धोका यो पापी आँखैले
धुन….
आकाशको कालो के हो बादलु ले होकी
आकाशको कालो के हो बादलु ले होकी
कान्छी तिम्रो आँखै राम्रो गाजलु ले होकी
आउन कान्छी लान्छु तिमीलाई पञ्चे बाजा ठोकी
सुन्दरीको फाट्यो चोली पाखुरीमा हो ठ्याम्मै होकी भनेर
पाखुरीमा हो ठ्याम्मै होकी भनेर
सुन्दरीको फाट्यो चोली पाखुरीमा हो ठ्याम्मै होकी भनेर
होकी भनेर हो आफ्नै कान्छी दियो नी धोका त्यो पापी आँखैले
होकी भनेर हो आफ्नै कान्छी दियो नी धोका त्यो पापी आँखैले
धुन….
लेकमा फुल्यो लालीगुराँस बेंसी फुल्छ टाँकी

साइँली माइली गइसके कान्छी छु म बाँकी
कसम खान्छु तिम्रै हुन्छु, देउतालाई भाकी